गल्याङ–११ ढाडेखोला–भयरथान ग्रामीण सडक स्तरउन्नती कार्य अन्तिम चरणमा
मुना न्यौपाने जेष्ठ ४,कालिगण्डकी
स्याङ्जा — गल्याङ नगरपालिका वडा नं ११ अन्तर्गत ढाडेखोला देखि भयरथान जोड्ने ग्रामीण सडकको स्तरउन्नती कार्य अन्तिम चरणमा पुगेको छ। गल्याङ नगरपालिकाले उक्त्त सडकलाई ८ लाख बिनियोजन गरे पस्चात ढाडेखोला देखि भयरथान जोड्ने ग्रामीण सडकको जोखिमयुक्त स्थानमा ढलान, सुधार तथा स्तरोन्नतीको काम भइरहेको हो। ग्रामीण बस्तीलाई सहज यातायातसँग जोड्ने, कृषि उत्पादन बजारसम्म पुर्याउन सहज बनाउने हिसाले निर्माण गर्न लागिएको उत्त सडक प्रतिकुल मौषम नभएमा यही जेष्ठको अन्तिम सम्म सक्ने योजनामा रहेको उपभोत्ता समितिका अध्यक्ष दिल बहादुर सिंजालीको भनाई छ ।

हाल सडक क्षेत्रमा ढलान, सडक चौडाइ सुधार तथा जोखिमयुक्त मोड व्यवस्थापन काम भइरहेको छ भने योजनाको प्रगति तथा निर्माणको गुणस्तरबारे निरन्तर अनुगमन भईरहेको गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो । भट्राईका अनुसार यो सडक ११ नं वडा अन्तर्गत अत्याधिक प्रयोगमा आउने सडक भएकोले त्यसलाई समयमै सम्पन्न गर्न आफु लगाएत उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, प्राविधिक शाखाका टोलीले निरन्तर स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताउनुभयो । ग्रामीण क्षेत्रको विकासका लागि सडक पूर्वाधार सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँदै नागरिकलाई सहज यातायात सुविधा उपलब्ध गराउन नगरपालिकाले ११ नं को यो सडकलाई मात्र नभएर गल्याङ नगरपालिका भरी आवश्यकता अनुसार सडक स्तरउन्नतीका कामलाई प्राथमिकतामा राखेको प्रमुख भट्राईको भनाई छ । ग्रामीण सडकलाई सुरक्षित र दिगो बनाउने लक्ष्यका साथ गल्याङ नगरपालिका अगाढी बढीरहेको भट्राईको भनाई छ ।





प्रतिक्रिया राख्नुहोस्