६३ औ प्रतिवेदनमा स्याङजाका गाँउपालिका स्तरमा बिरुवा गाउँपालिकाको बेरुजु कम, फेरि पनि जिल्लामै पहिलो स्थानमा

रोशन लामिछाने जेष्ठ ८,आँधीखोला

स्याङ्जाको बिरुवा गाउँपालिका बेरुजु न्यूनीकरणमा फेरि पनि जिल्लामै अग्रस्थानमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले वैशाख ३१ गते सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पछिल्ला ६ आर्थिक वर्षमा निरन्तर बेरुजु घटाउँदै आएको बिरुवा गाउँपालिका अहिले पनि स्याङ्जाका ११ स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने पालिका बनेको छ । प्रतिवेदनअनुसार आर्थिक अनुशासन सुधार गर्दै आएको बिरुवा गाउँपालिकाको बेरुजु वर्षेनी उल्लेख्य रूपमा घट्दै गएको देखिएको छ । ५८ औँ वार्षिक प्रतिवेदनमा २.६५ प्रतिशत रहेको बेरुजु क्रमशः घट्दै ५९ औँमा २.२४ प्रतिशत, ६० औँमा १.८४ प्रतिशत, ६१ औँमा ०.२९ प्रतिशत, ६२ औँमा ०.१२ प्रतिशत हुँदै ६३ औँ प्रतिवेदनमा ०.०९ प्रतिशतमा झरेको छ । यसरी निरन्तर घट्दो बेरुजु दरका कारण बिरुवा गाउँपालिका जिल्लाभित्र आर्थिक पारदर्शिता र सुशासनमा अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै आएको देखिन्छ । अन्य पालिकाहरूमा बेरुजु दर घटबढ भइरहे पनि बिरुवा गाउँपालिका भने लगातार सुधारको बाटोमा अघि बढ्दै जिल्लामै “प्रथम” रूपमा उभिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.