वालिङमा शुक्रबार फुटसलको रोमाञ्चक भिडन्त, १३ विद्यालय मैदानमा उत्रिँदै
मेरो दृष्टि सम्बादाता भदौ २६,वालिङ
स्याङ्जाको वालिङमा शुक्रबार स्पन्दन युनाइटेड क्लबको आयोजनामा स्पन्दन अन्तरमावि फुटसल प्रतियोगिता शुरु भएको छ । बाल दिवसको अवसर पारी आयोजना गर्न लागिएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेकोे छ । विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराईएको प्रतियोगीतामा विद्यार्थीहरु विच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्दे लाने र उनीहरुको प्रतिभाको पहिचान गर्ने उद्देश्यले पनि यो प्रतियोगिता महत्वपुर्ण रहेको क्लबका अध्यक्ष खेमप्रसाद खनाल (केपी)ले बताउनुभयो । अध्ययनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु आवश्यक रहेको भन्दै अध्यक्ष खनालले खेलकुदले विद्यार्थीमा सिकाइसँगै प्रतिस्पर्धा गर्ने बानीको विकास गराउने र विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यत्त गर्नुभयो । खेल मैदानको अभावले मोबाइर्लमा रमाउने प्रब्रिति बढ्दै जाँदा नयाँ साथी बनाउने, समूहमा काम गर्ने र स्वस्थ प्रतिस्पर्धाको अनुभव बानीको विकास कमी हुँदै गईरहेको अवस्थामा यस्ता खाले प्रतियोगिताले खेलकुदको महत्व बुझाउदै फरक विद्यालय र फरक भूगोलबाट आएका खेलाडीबीच चिनजान तथा आपसी सम्बन्ध विस्तार गर्ने अवसर मिल्ने अध्यक्ष खनालको भनाई छ । प्रतियोगीतामा वालिङ, भीरकोट र गल्याङ आसपासका विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ । विद्यालयस्तरमा फुटसलको विकाससँगै विद्यार्थीमा भएको प्रतिभाको पहिचान गरी प्रदेश हुँदै राष्ट्रिय खेलाडी छनोटमा सहभागी गराउने क्लबको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्