जोत्न हिडेका चापाकोटका रामु सम्पर्कविहिन
आषाढ ३०, स्याङ्जा चापाकोट नगरपालिका वडा न ३ कामतीमा बस्दै आइरहेका २५ वर्षीय रामु प्रसाद पौडेल सोमबार खेतमा जोत्न जान्छु भनी हिडेका तर अहिले सम्म सम्मपर्क बिहिन भएका छन् । दिउँसो ११ एक हल गोरु लिएर हिडेका पौडेल सोमवार दिउँसो बाट सम्पर्क विहिन भएका हुन।
उनी अहिले सम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।प्रहरीले पौडेलको खोजतलास गरिरहेको अधिकारीको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्