मेरो दृष्टि संवाददाता
साउन २३ , स्याङजा
स्याङ्जाको आँधिखोला गाउँपालिकामा बुधबार साँझ देखि सलह किराले सताएपछी कृषाकले किरा छाेप्न थालेका छन् । किराले सताएपछी कृषकले बारीबाट सलह छोप्न थालेका छन् । सलह नियन्त्रणका लागी आँधिखोला गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका १३ जना कृषकले २४ किलो सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । सलह किराले बालिनालीमा समेत क्षति पारेकाे बताउंदै पाैडेलले भने , ‘ धान , कोदो र तरकारीमा नोक्सान भएको कृषकहरूले फोन मार्फत जानकारी दिएका छन् । प्राविधिकलाइ फिल्डमा नै पठाएर बास्तिबक क्षतिको पहिचान गर्ने छौँ । ’
बिहीवार दिउसो आँधीखोला गाउँपालिका वडा नं २ र ५ का १३ जनाले २४ किलो सलह कीरा छोपेर कृषि शाखामा बझाएपछि गाउँपालिकाले उनीहरूलाई सात हजार दुई सय रुपैयाँ प्रदान गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई प्रोत्सहान स्वरुप रकम दिएको हो । यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए ।