headline 2देशमोफसल

विदेशमा पीसीआर नेगेटिभ रिपोर्ट आएकाहरु सिधै घर जान पाउने : मन्त्री भट्टराई

९ भदौ

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएकाहरु सिधै घर जान पाउने बताउने बताउनुभएको छ । सरकारले बिदेशमा अलपत्र परेका उद्धार गरेर नेपाल ल्याएकालाई होटल क्वारेन्टाइन बसाउन काठमाडौका तारे होटलहरुसँग सहकार्य गरिहेको छ ।

बिदेशमै पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएका यात्रुहरुले भने सरकारले वेवसाटमा राखेको फारम भर्नुपर्ने र ठेगाना प्रष्टसँग लेख्नुपर्ने बताउनुभायो । नेपाल आएपछि पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट देखाएर घर जान पाईने मन्त्री भट्टराइले बताउनुभयो । यद्यपि उनीहरुले १४ दिन होम क्वारेन्टाइन भने अनिवार्य बस्नु पर्ने बताउनुभयो । उहाँले( ‘भन्नुभयो एयरपोर्टमा आएर उहाँहरुले ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाउनु हुन्छ । त्यसपछि उहाँहरुलाई घर गएर १४ दिन होम क्वारेन्टाइन बस्ने सर्तमा पठाइनेछ ।’

 

उता पीसीआरको सुविधा नभएका मुलुकहरुबाट नेपाल आएका यात्रुहरुले भने ७ दिनसम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर परीक्षण गराएर मात्रै घर जान पाउने मन्त्री भट्राईले बताउनुभयो ।

त्यसक्रममा ७ दिन होटल बस्दाका सम्पूर्ण खर्च स्वयम आँफैले तिर्नुपर्ने उहाँले बताउनुभयो । एक कोठामा सिंगल बस्नेले १७ हजार ५ सय तिनुपर्ने हुन्छ । यो सरकारले तोकेको दर हो । उसले दैनिक दिनको १५ सयको हाराहारीमा चार्च तिनुपर्ने हुन्छ । तर एकै कोठामा जना बस्ने हो भने ११ हजार मात्रै तिनुपर्ने उहाँले बताउनुभयो । यसका साथै यसभन्दा बढी लागतमा राम्रा(राम्रा होटलमा बस्ने भए त्यसको पनि व्यवस्था रहेको मन्त्री भट्टराइले बताउनुभयो ।

होटल क्वारेन्टाइनका लागि प्रयोग हुने कोठाहरु स्वास्थ्य मापदण्ड पूरा गरेको ह्नुपर्ने, गेट, कम्पाउण्ड, खुला ठाउँ भएको, सफा, कोठामा टिभी र वाईफाईसमेत भएको हुनुपर्ने उहाँले बताउनुभयो ।

 

होटल क्वारेन्टाइनमा बस्नेलाई होटलले ४ पटक खाजा र खाना दिनु पर्ने, ‘एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्ने र तातोपानी पिउने राम्रो व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।
यो समचार कञ्चनजंगा अन्लाइनमा लेखिएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.