headline 1गण्डकीसाहित्य

एक गजल:

बाटो हिड्दा जुत्ता चप्पल गोटी खाले लगाउनु ।
मलाई यता पर्दैन है , उतैतिर जेजसरी भुलाउनु ।।

मनभित्र पीडा व्याथा, तिम्रो कहिल्यै नआउन अब ।
अहिलेसम्म जेजे भन्यौ , सबै उता खुलाउनु ।।

ढाँट्ने छल्ने रोग पाल्ने , दु: ख अन्तै सार्ने तिमी ।
मनमा मन , तनमा तन जोडि उतै डुलाउनु ।।

हृदयलाई शून्य पारी , निर्दयी बन्ने तिम्रो मन ।
आफ्नै वन गोडिकन , हजार फुल फूलाउनु ।।

वसन्तमा शिशिर आउँछ , सृष्टिको अपवाद ।
जलभित्र जहर पर्ला , आफैँभित्र लुकाउनु ।।

वसन्त खनाल
वालिङ नगरपालिका -१४
गाएडाँडा स्याङ्जा

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.