headline 1गण्डकीमोफसल

वालिङमा एम्बुलेन्स दुर्घटना २ जनाको मृत्यु

मे.दृ संवाददाता
स्याङ्जा , १४ भदौ
आइतबार बिहान ४ बजे स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । काठमाडौ बाट चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय किष्ण भनिने भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।
चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द« भण्डारी र २८ वर्षीय पबित्रा पोख्रल घाइते भएका छन् । उनीहलाई गह्रौ प्राथमिक अस्पताल वालिङ वालिङको सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडीकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कायार्लय स्याङ्जाले जनाएकाे छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.