कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्न सरकारसँग अनुमति माग

राष्ट्रिय परीक्षा बोर्डले कोभिड- १९ कारण रोकिएको कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार्,परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’ यसपाली दसैं कात्तिकमा छ।विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।
परिस्थिति सहज भएमा परीक्षा केन्द्रमा विद्यार्थी राखेर पूरानै तरिकाबाट परीक्षा हुनेछ भने अवस्था यस्तै जटिल नै रहिरह्यो भने नयाँ विकल्पबाट परीक्षा हुनेछ। अनलाइनबाट प्रश्नपत्र पठाएर पनि परीक्षा गर्न सकिन्छ। नयाँ विकल्पबारे छलफल भइरहेको छ, बोर्ड निष्कर्षमा पुगिसकेको छैन, शर्माले जनकारी गराए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.