मेरो दृष्टि संवाददाता
स्याङ्जा , भदौ १९
अखिल नेपाल फुटवल संघ स्याङ्जा शाखाले विपदमा परेका खेलाडीलाइ राहत वितरण गरेको छ । अग्नी प्रभावित र पहिरो प्रभावित २ जना खेलाडी सहित २५ खेलाडीलाइ राहत प्रदान गरिएको एन्फा स्याङ्जाका कोषाध्यक्ष खेम प्रशाद खनालले जानकारी दिए ।
ए डिभिजन लिगका खेलाडी विश्वास श्रेष्ठको घरमा आगलागी भइ क्षति वापत श्रेष्ठलाइ एन्फा केन्द्रिय उपाध्यक्ष पकंज नेम्वाङ र दमक निवासी सुन्दर नेपालले ३० हजार सहयोग गरेका छन् । इजारायलमा संचालित याकथुङ्ग चुम्लुङ संस्था मार्फत श्रेष्ठलाइ आर्थीक सहयोग गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एल .बि ज्वार्चनले बताए । अग्नी प्रभावित श्रेष्ठलाइ वालिङ नगरभित्रका फुटवल खेलाडी र एन्फा स्याङ्जाले १५/१५ हजार प्रदान गरेको छ । यसैगरि पहिरो प्रभाबित एन्फाका जिल्ला रेफ«ी रिमल नेपालीलाइ एन्फा स्याङ्जाले १५ हजार राहत प्रदान गरिएको छ ।
विश्व महामारीको रुपमा लिइएको कोरोना प्रभावित २३ खेलाडीलाइ जनही तिन हजार दुइ सय साठी प्रदान गरिएको छ । केन्द्रिय कार्यालयबाट प्राप्त ७५ हजार रहात स्वरुप प्रदान गरिएकोकेन्द्रिय सदस्य ज्वार्चनले बताए । देशभरका ४५ जिल्लालाइ केन्द्रले ७५ हजार राहत स्वरुप पठाएको छ भने ए , बि र सि डिभिजन लिगलाइ समेत रहात प्रदान गरेको छ ।