गजल

तिमी लाई छोडि जाने रहर मेरो हैन सानु

तिमी लाई छोडि जाने रहर मेरो हैन सानु।

तिम्रो याद नआएको कुनै पल छैन सानु।

संगै भाका ती पलहरु सम्झदा नि भक्कानिन्छु।

तिमी सङ्ग छुट्नु पर्दा पक्कै हाँस्दै गइन सानु ।

तिमीलाई छोडी जाने रहर मेरो हैन सानु।

भन्न धेरै बाँकी थियो मनभित्रका कुराहरु ।

मनभित्रै कैद गरे तिमीसँग कहिन सानु।

तिमी संग छुटे देखि लुटिदै छन् चैन सानु।

तिम्ले कैले बुझ्याै र खै यो मनको बेदना लाई।

तिम्रै यादमा जल्दा जल्दै सकिँदैछ मैन सानु।

जति मया गर्दा पनि तिम्रो किन  भइन सानु।

धेरै सुने कुराहरु धेरै बुझे तिमलाई पनि।

धेरै सहे आजसम्म अब मैले सैन सानु।

आज मैले भन्नै पर्छ अब तिम्रो रैन सानु।

तिमीलाई छोडी जाने रहर मेरो हैन सानु।

तिम्रो याद नआएको कुनैपल छैन सानु।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.