headline 1कृषिगण्डकी

कृषि पेशा बाट शिक्षकलाइ तलब

भदौ २३ मेरो दुष्टि सम्बादाता

पढेलेखेका मानिसले कृषि कर्म गर्न हुन्न भन्ने मानसिकता हाम्रो समाजमा अझै पनि कायमै छ । यही कुरालाइ चिर्नको लागि स्याङजा बज्रे माध्यमिक बिधालयका शिक्षक हरु भने जग्गा भाडामा लिएर तरकारी खेती गर्दे आइरहेका छन् । विद्यालयको परिसरमा रहेको २५ रोपनी जग्गा भाडामा लिएर यहाँका शिक्षकले बाँभाmे जग्गाको सदुपयोग गर्नुका साथै आम्दानी भएको रकम बाट २ जना शिक्षकलाइ तलब समेत दिदै आएका छन् ।

लक डाउनले फुर्सदिला बनेका शिक्षक अहिले पनि विद्यालयले लिएको भाडाको जग्गामा तरकारी खेती गर्दे आइरहेका छन् । बाँभाmे जग्गको सदुपयोग गर्दा विद्यालयल र शिक्षक दुवैलाइ आम्दानी हुने भएपछि तरकारी खेती गरेको विद्यालयको प्रअ नेत्र गैह्रेको भनाइ छ ।
विद्यालयले स्थानियको २५ रोपनी जग्गा भाडामा लिएर खुर्सानी,टमाटर,मकै,अदुवा फलाउदै आइरहेको छ । सैद्धन्तिक शिक्षा लिएर थाकेका विद्यार्थोलाइ प्रयोग्गात्मक शिक्षा दिन यो कामले सहज पुय्राएको कृषि संयोजक प्रकास को भनाइ छ । पढाइ सहित व्यवहारिक ज्ञान लिन सके सफल हुन सकिन्छ भन्ने ज्ञान दिन आफुहरुले यो अभियान सुरु गरेको प्रसाको भनाइ छ । विद्यालयले चलाएको यो अभियान साँच्चिकै एउटा नमुना काम हो । यसरीनै सैदान्तिक ज्ञान सहित व्यवहारिक ज्ञान देशभरका विद्यार्थोलाइ दिन आवश्यक देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.