headline 1गण्डकी

चापाकोटमा आँखा उपचार केन्द्र

उपचार केन्द्र शुभारम्भ गरिएसँगै पोखरा , पाल्पा जानुपर्ने बाध्यता अन्त्य हुने बि.एम फाउन्डेशनका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

सुशिल सुबेदी
स्याङ्जा , असोज १५
स्याङ्जाको चापाकोटमा आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ । बि.एम फाउन्डेसेन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डनेश फाउन्डेसनको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै चापाकोट—९ का वडा अध्यक्ष शंकरभक्त भण्डारीले उपचार केन्द्रको स्थापनासँगै चापाकोटमा आँखाको रोगी कम हुने धारणा व्यक्त गरे ।
यहाँ स्थापना गरिएको केन्द«बाट सेवाग्राहीले आँखा परिक्षण , चश्मा वितरण र माइनर ओटीको सेवा प्राप्त गर्न सक्ने बि.एम फाउन्डेसेनका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । उपचार केन्द्र शुभारम्भ गरिएसँगै पोखरा , पाल्पा जानुपर्ने बाध्यता अन्त्य हुने बि.एम फाउन्डेशनका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । करिव ३० लाखको लागतमा केन्द्रकाे स्थापना गरिएको हो ।
एक दिने आँखा शिविर शुभारम्भको अवसरमा ३ महिने बाच्चा देखि ८७ वर्षीय वृद्धाले आँखा उपचार गराएका थिए ।
शिविर कार्यक्रममा समाजसेवी सिताराम गैह्रे,  टुकराज पाठक, नेत्र सहायक देवीका गौतम र समाजसेवी मेघनाथ चापागाईले आँखा उपचार केन्द्रको स्थापनाले चापाकोटवासीले राहत महशुस गरेको बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.