विश्वकै दोस्रो अग्लो बन्जीजम्प पर्वतमा शनिबारदेखि सञ्चालनमा आउने

माधब गैह्रै

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कार्तिक १५ गते शनिबारदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो।

 

 

 

 

 

 

 

 

 

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ। द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको कार्कीले बताए। बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ।

पोखरादेखि कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ। टेण्डम (जोडी) स्वीङको १२ हजार छ।
गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.