headline 1गण्डकीदेशमोफसल

कोरोनाको कारण स्याङजाको चापाकोटमा एक जनाको मृत्यु

कार्तिक १०

स्याङजाको चापाकोट नगरपालिकामा कोरोनाको कारण ६६ बर्षका बृद्धाको मृत्यु भएको छ । केही दिन अगाडी पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार गर्न गएका बृद्धालाइ कोरोना संक्रमण पुस्टि भइ होम आइसोलेसन बस्दै आइरहेका बृद्धाको आज निधन भएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनु भयो । गत कार्तिक १४ गते कोरोना संक्रमण पुस्टि भएका बृद्धा १६ गते देखि होम आइसोलेसन बस्दै आइरहेका थिय । उनी लामो समय देखि उच्च रक्तचाप,मधुमेहका बिरामी रहेका थिय । यो संगै स्याङजा जिल्ला भित्र कोरोना संक्रमण बाट निधन हुनेको संख्या ८ पुगेको छ भने जिल्ला भित्रै मृत्यु हुने पहिलो बृद्धा हुन ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.