मेरो दृष्टि संवाददाता
स्याङ्जा , २८ कार्तिक
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गृह जिल्लाको बिकाश निर्माणको निरीक्षण तथा अनुगमन गरेकी छिन् । शुक्रबार निर्वाचन क्षेत्र नं २ को वालिङ र चापाकोटमा निर्माण भैरहेको सडक , खानेपानी आयोजना तथा पर्यटकिय क्षेत्रको निरिक्षण गरेकी हुन् ।
वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकले पर्यटकिय महत्व बोकेको बताउँदै मन्त्री अर्यालले भनिन् ,‘ बिकाशको पहिलो आधार सडक हो । वालिङ स्वरेक सडक खण्डले जनताको दैनिकीमा मात्र होइन पर्यटनको क्षेत्रमा समेत महत्वपुर्ण योगदान दिने छ । ’
कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीतीक रहेको बताइन् ।
सोही अवसरमा वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन् । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पु¥याउन छिट्टै योजना ल्याउने अर्याललको भनाइ थियो ।
त्यस्तै मन्त्री अर्यालले चापाकोटको सिटिहल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरिक्षण गरिन् । चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ ।
बहुवर्षिय योजना अन्र्तगत सिटि हल निर्माणका लागी आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भईसकेको छ । सिटि हल २०७७ फाल्गुन २१ गते भित्र सम्पन्न गर्ने गरी भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो । कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुँने भएको छ ।
अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधि प्रवृत्ति भएको बताईन् । यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अव कोरोनासंग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताईन् ।
यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी थिईन् । कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिएकी थिईन् ।