को हुन केन्द्रीय सदस्यका उमेदवार पौडेल स्याङ्जाको साविक बाङ्सिङ गाविस ४ हाल आँधीखोला गाँउपालिका ४ बुवा खडानन्द पौडेल र आमा लिलावती पौडेलका कान्छो छोरा हुन् । सानै उमेर देखि निकै मेहनत गर्न रुचाउने शोभाकान्त पौडेल पढाईमा पनि निकै अब्वल थिए । बुवा खडानन्द पनि व्यवसायीक रुपमा पुतलीबजार नगरपालिका प्रगतिनगरमा फेन्सी पसल गर्दै आएका थिए । २०३९ सालमा खडानन्द व्यवसायी बन्दै गर्दा उनका सबै छोराहरु पनि व्यवसायीमा रुची बढाए । २०५५ सालमा वालिङ भकुण्डेमा पोल्टी फार्म शुरु गरेका शोभाकान्त पौडेल जिल्लामा कुखुराको व्यवसाय राम्रो हुन्छ भन्ने सनदेश दिन सफल व्याक्तिका रुपमा चिनिन्छन् । अहिले पनि उनले धेरै युवाहरुलाई बोलयर्स कुखुरा पाल्नका लागि सहयोग गर्दै र बजारको समेत व्यवस्थापन गरिदिदै आएका छन् । पोल्टी फार्म संचालन गर्दै आएका पौडेल २०६० सालबाट वालिङ उद्योग वाणिज्य संघमा साधरण सदस्यका रुपमा प्रवेश गरे । वालिङमा सफल व्यवसायीको पहिचान बनाउन सफल भएका पौडेललाई वालिङ उद्योग वाणिज्य संघले २०६५ सालमा सल्लाहकारका रुपमा मनोनय गरेपछि उनको नीजि क्षेत्र प्रतिको लगाब देखिन्छ । २०६९ सालमा वालिङ उद्योग वाणिज्य संघको १० औं साधरण सभा तथा पाँचौ अधिवेसनबाट सदस्य पदमा निर्वाचित भएका पौडेल २०७२ सालको १३ औं साधरणसभा तथा छैटौ अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०७५ सालमा १५ औं साधरण सभा तथा सातौ अधिवेसनबाट फेरी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पौडेल हाल सम्म संघको बहाल अध्यक्षका रुपमा कार्यरत रहेका छन् । उनी सदस्यमा निर्वाचित भएपछि वालिङमा मालपोत, नापी कार्यालय ल्याउन महत्वपूर्ण भुमिका खेलेका थिए । अध्यक्षमा निर्वाचित भएपछि वालिङमा आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय ल्याउन पहल गरेका थिए । उनले गरेको यो पर्यत्न स्याङ्जा सदरमुकाममा स्थापना हुन पुग्यो । अध्यक्षमा निर्वाचित भएपछि पौडेलले २ एतिहासिक महोत्सव गर्न सफल भए । दुई कार्याकाल नेतृत्व सम्हालेका पौडेलले जनप्रतिनिधि बिहिन भएका बेला नीजि क्षेत्रले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको देखिन्छ । हाल पौडेलकै नेतृत्वमा संघको सचिवालय निर्माणको अन्तिम चरणमा पुगेको छ । व्यवसायीका समस्यामा छिटो चासो व्यक्त राख्ने पौडेल वालिङका व्यवसायीले आँखाको नानीका रुपमा चित्रण गर्ने गर्दछन् ।