मे.दृ संवाद्दाता स्याङ्जा , १६ मङ्सीर ।
वालिङ नगरपालिकाका नगप्रमुख दिलीप प्रताप खाँणलाई मातृ शोक परेको छ । ८६ बर्षीय फुलकुमारी खाँणको आज आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय खाँणको पति २०१५ याम बहादुर खाँण २०१५ सालमा सासंद बन्नुभएको थियो । याम ब. खाँणको बिस २०२८ सालमा निधन भएपछि ५ छोरा १ छोरीको एक्लो अभिभाबक बन्नुभएकी खाँण दमको बिरामी हुनुहुन्थ्यो ।
स्वर्गीय फुलकुमारी खाँणको बुधवार बिहान रामनदी धाममा अन्तिम संस्कार गरिने छ । खाँण परिवार तत्कालिन बाइसे चौबिसे राज्य अन्तर्गत गह्रौकोट राज्यको राजखानदान परिवार हो ।