headline 1गण्डकी

कालिगण्डकी गाँउपालिकाको लगानीमा पहिलोपटक सडक कालोपत्रे

सडकको अतिरिक्त कृषि , पर्यटन र पूर्वाधार बिकाशमा पनि गाउँपालिका अघि रहेको बताउँदै थापाले भने , ‘प्रत्येक सडक जनताको समृद्धि सँग जोडिएको छ । सडक सम्पन्न भएसँगै होमस्टे र कृषी उपजले पनि बजार पाउनेछ ।’

सुशील सुवेदी
स्याङजा २७ मङ्सीर
स्याङजाको कालिगण्डकी गाउँपालिकामा पहिलो पटक स्थानीय सरकारको लगानीमा सडक कालोपत्रे हुने भएको छ । संघीय सरकारको समपुरक कोष अन्तर्गत ३ करोड ७ लाखको लागत र कालिगण्डकी गाउँपालिकाको ३ करोड ९ लाखको साझेदारी कार्यक्रममा कालोपत्रे हुने भएको हो ।
छाप देखि दब्छे सम्म ३ किलोमिटर कालोपत्रे सडकको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष खिम ब. थापाले गाँउपालिकाको आफ्नो लगानीमा गाँउपालिकाले दोस्रो ठुलो परियोजनाको रुपमा यो सडक निर्माण गरेको बताउदै यो सडकले आन्तरिक तथा बाह्य पर्यटकलाइ भि¥याउन सहयोग पु¥याउने बताए ।
सडक नै पहिलो विकासको पुर्वधार भएको बताउदै यो सडक प्रदेश नं ५ जोड्ने भएकोले यो सडकलाइ नमुना सडक बनाउने लक्ष्य रहेको अध्यक्ष थापाको भनाइ छ । कार्यक्रममा बोल्दै थापाले आफ्नो कार्यकाल भरि सबै वडाहरुमा पिच सडक पु¥याउने अभियानमा रहेको बताए ।
सडकको अतिरिक्त कृषि , पर्यटन र पूर्वाधार बिकाशमा पनि गाउँपालिका अघि रहेको बताउँदै थापाले भने , ‘प्रत्येक सडक जनताको समृद्धि सँग जोडिएको छ । सडक सम्पन्न भएसँगै होमस्टे र कृषी उपजले पनि बजार पाउनेछ ।’
१ घर १ धारा कार्यक्रम अन्तर्गत २००० घरमा खाने पानि को पहुँच पुगेको बताउदै रानीमहलको वारी स्वीमिङ पुल सहितको पार्कमा पर्यटकलाई आकर्षीत गर्ने अभियान रहेको बताए ।
प्रीमीक्स कार्पेटिङ प्रविधिमा आधरित उक्त सडक सम्झौता भएको १५ महिनामा सम्पन्न गर्नुपर्ने इन्जिनियर सागर आचार्यले बताए । मिर्मि —धारापनी पिच सम्पन्न भएको छ भने धारापानी —ओईगा रानीघाट यो आर्थि मसान्तर भित्र पिच सम्पन्न अवस्थामा छ । त्यसैगरि ओइगा देखि रिँडी कालोपत्रे अन्तिम अवस्थामा रहेको छ । गहलाम —बनकसी—खहरे टेण्डरको प्रकृयामा रहेको र गहलाम —घरीपोखरा—देउरालीको पनि कालोपत्रेको तयारीमा रहेको आचार्यले बताए ।
५ महिना भित्र सम्पन्न गर्ने गरि गाउँपालिका र सि एम —बि एण्ड बि जे भी काठमाडौँ बिच २०७७ असार २५ गते सम्झौता भएको सडक सम्झौता भएको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबित्रा कोईरालाले हिउँदमा धुलो र बर्षातमा हिलोबाट यहाँका जनताले सुख पाउने बताईन् ।
कार्यक्रममा ने.क.पा गाउँपालिका अध्यक्ष कृष्ण लामिछाने , ६ नंका वडा अध्यक्ष लिलाबल्लौ अधिकारी लगाएतले यो सडक निर्माण सँगै वर्षातको समयमा २ महिना सडक बन्द हुने समस्याको अन्त्य हुने बताए । यसअघी सिद्धार्थ राजमार्गको जिरो देखि मिर्मीसम्म १७ किलोमिटर सकड कालिगण्डकी जलबिद्युत्त आयोजनाले पिच गरेको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.