निजी क्षेत्रले आर्थिक बिकाशमा टेवा पुर्याएको छ : केन्द्रिय सदस्य पौडेल

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य संघ का केन्द्रिय सदस्य शोभाकान्त पौडेलले निजी क्षेत्रले आर्थिक र समाजिक बिकासमा टेवा पुर्याएको बताएका छन् । वालिङ उद्योग वाणिज्य संघले आर्थिक बिकासकै निम्ति अदुवा , कफी लगाएतको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

नारयण चापागाँई
मंसिर ३०
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य संघ का केन्द्रिय सदस्य शोभाकान्त पौडेलले निजी क्षेत्रले आर्थिक र समाजिक बिकासमा टेवा पुर्याएको बताएका छन् । नेपाल उद्योग वांणिज्य महासंघको केन्दि«य सदस्यमा निर्वाचित भएको उपलक्ष्यमा नवनिर्वाचित शोभकान्त पौडेलको सम्मान कार्यक्रममा बोल्दै वालिङ उद्योग वाणिज्य संघले आर्थिक बिकासकै निम्ति अदुवा , कफी लगाएतको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका हुन् ।वालिङ नगरलाई आर्थिक केन्द्रको रुपमा बिकास गर्ने उदेश्यले नापी र मालपोत कार्यालयको स्थापना उ.वा.संघको पहलमा स्थापना भएको हो ।
बिगत लामो समय देखि वालिङमा यातायात व्यवस्थाको सेवा कार्यालय र आन्तरिक राजश्वको सेवा कार्यालय स्थापनार्थ निरन्तर रुपमा आवाज उठाएको कारण जिल्ला सदरमुकामा ति कार्यालयको स्थापना भएको बताए ।यसैगरि कोभिड—१९ को कारण समस्यामा परेका उद्योगी व्यवसायी लाई रहात एवं पर्नउथ्थानको लागि आँफुहरुले आवाज बुलंद गरेको कारण राष्ट्र बैंकले मौदि«क निति मार्फत धेरै कार्यक्रमहरु ल्याएको उनको भनाई थियो । यसले व्यवसायीलाई रहातको अनूभूति भएको बताए ।
सम्मान कार्यक्रममा बोल्दै वडा नं १० का कृषि तथा पशु बिकास कार्यक्रमका संयोजक राजेन्द« डुम्रेले बिदेशका सामान बेचेर उद्योगी व्यवसायीको उत्थान हुन नसक्ने बिचार व्यक्त गरे । उनले भने , ‘ विदेशको सामानको व्यापार गरेर उद्योगी भंइदैन , स्वदेशी उत्पादनलाई उद्योगबाट उद्योग वाणिज्य महासघंले व्यवसायीकरण गर्नुपर्छ । ’
वालिङ नगरले उद्योगीहरुको हकहितको लागि केन्द्रिय सदस्य प्राप्त गर्नुले जिल्लाबासीका उद्योगी व्यवसायी खुशी भएको वालिङ—१० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए ।
यसैगरि वालिङ उ.वा.सं का महासचिब धुब्र खाँणले किसानको प्रतिनिधित्व गर्दै निजी क्षेत्रको केन्द्रिय सदस्यमा निर्वाचित हुँदा जिल्लाको उत्पादनले अन्तराष्ट्रिय बजार पाउने बताए ।
गण्डकी प्रदेश उ.वा.सं , वालिङ उ.वा.स , सन्तला सुपर जोन स्याङ्जा , वालिङ नपा १०को कार्यालय , फुलबारी बचत तथा क्रृ.स.सं र वालिङ हस्पिटल प्रा.ली लगाएत सामाजिक संघ संस्था र नागरिक स्तरबाट समेत बधाई तथा सम्मान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.