संसद विघटनको प्रस्तावसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियाे : गगन थापा

मेरो दृष्टि सम्बादाता पौस ५

सामाजिक संजाल ट्वीटरमार्फत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले गरेको संसद विघटनको प्रस्ताव असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउनुभएको छ ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान रहेता पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय अलोकतान्त्रिक र र असंवैधानिक भएको बताउनुभएको हो।’सांसद थापाले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.