चक्रवती देवी मन्दिरमा नवनिर्मित भवनको उद्घाटन

वालिङ, ७ पुस ।

वालिङ ५ डेलडाँडा भोर्लेमा चक्रदेवी मन्दिरमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माण कार्यमा स्थानीयलाई जागरुक हुन आग्रह गर्नुहुँदै काम गर्ने शिलशिलामा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा नगर प्रमुख खाँणले भलिबल खेलमैदानको उद्घाटन समेत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनी, पूर्व गाविस अध्यक्ष नरप्रसाद रेग्मी, नेपाली काँग्रेस क्षेत्रीय सचिव नरबहादुर पौडेल, वडा सदस्यहरु महेश गुरुङ, अनिता नेपाली, समाजसेवीहरु भीमप्रसाद रेग्मी, क्याप्टेन डोलबहादुर थापा, रेशम रेग्मी, खुमप्रसाद रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भवन वडा कार्यालयको ५० हजारसहित आमा समूह तथा विभिन्न ब्यक्तिहरुको आर्थिक सहयोग तथा जनश्रमदान गरी रु. चार लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

गुप्तबहादुर राक्सेको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह अध्यक्ष गोपबहादुर राजकोटीकोटीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन संगीता थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.