headline 1गण्डकीमोफसल

वालिङ बहुमुखी क्याम्पस क्यु ए ए सर्टिफाइड भएपछि जिल्ला बासी खुसी

पौष २४ माधब गैह्रे

स्याङजाको वालिङमा रहेको जनस्तर बाट सञ्चालित नेपालकै जेठो क्याम्पस वालिङ बहुमुखी क्यामपस क्यु ए ए मा छनोट भएपछि गुणस्तरीय उच्च शिक्षाक अध्यनको लागि अन्य जिल्ला जान पर्ने बाध्यता हट्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजना कार्यक्रम अन्र्तगत यस क्याम्पस छनोट भएपछि गुणस्तरीय शिक्षाको लागि बाहिर अध्यन गर्न जानु पर्ने बाध्यता हट्ने भएको हो । २०३७ सालमा जनस्तरले स्थापना गरेको यस क्याम्पस विभिन्न बाधा अवरोध पार गर्दे आइरहेको थियो । क्यु ए ए प्रप्तीको लागि देशभर बाट करिब २ दर्जन क्याम्पसको सहभागिता रहेता पनि यु जि सि को पौष १६ गते बसेको बैठकले यस क्याम्पस लगाएत अन्य ३ वटा क्याम्पसलाइ क्यु ए ए मा छनोट गरेको थियो ।

क्यु एए मा छनोट भइ सकेपछि क्याम्पसले स्थानिय स्रोत साधनको प्रयोग गरि आफ्नै पाठ्यक्रमो निर्माण गर्दे रोजगार मुलक शिक्षा प्रदान गर्ने क्याम्पस प्रमुख सचितानन्द यादबको भनाइ छ । विश्व बंैकको करिब ११ करोडको साहायोग पछि आफ्नो प्रकृया पुरा गरेर क्यु एए ल्याउन सफल भएको यस क्याम्पसले पुराना पाठ्यक्रमलाइ परिमार्जित गर्दे जिवन उपयोगी शिक्षा प्रदान लक्ष्य राखेको छ । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश भित्र १००० होम स्टेलाइ प्रवद्धन गर्ने कार्यक्रम रहेकोले त्यसलाइ सफल पार्न स्थानिय पाठ्यक्रम निर्माण गरि पहिलो चरणमा १००० जनशतिm उत्पादन गर्ने लक्ष्य रहेको क्याम्पस साहायक प्रमुख भिम पंगेनिको भनाइ छ । क्याम्पसले अहिले क्यु एए लाइ निरन्तरता दिन सुविधा युक्तm भवन ,लाइब्रेरी,कम्युटर ल्याब जस्ता शैक्षिक गतिविधिमा ध्यन दिदै अगाडी बढ्को साहायक प्रमुख पंगेनीको भनाइ छ । हाल अहिले क्याम्पसमा पलस टु देखि स्नातोकोतर सम्म ९०० भन्दा बढी विद्यार्थोहरु अध्यानतर गरेकाछन् । आफुले अध्यन गरेको क्याम्पस क्यु ए ए मा छनोट भएपछि यहाँ अध्यनरत विद्यार्थो पनि खुसि भएका छन् । घर दैलोमै आफुले चाहे अनुसारको शिक्षा प्रप्त गर्न पाएपछि आफु लगाएत अन्य साथीहरु पनि खुसी रहेको ज्यान त्यान गरेर आफुलाइ पढाउने अभिभावकलाइ पर्ने आर्थिक भार पर्ने समस्याको अन्त्य भएको विद्यार्थोको भनाइ छ । गुणस्तरीय शिक्षाको नाउमा देशभर बाट विभिन्न प्रदेशको राजधानी लगाएत मुख्य सहरमा गाँउ गाँउ बाट विद्यार्थो जाने क्रम घटेको छैन् । स्थायि स्तरमा रहेका क्याम्पसले आफ्नो शैक्षिक गतिविधि बढाउदै रोजगार मुलक शिक्षा प्रदान गर्न सक्ने हो भने रिन खोजेर बाहिर गइ अध्यन गर्ने वातावरणको अन्त्य हुने देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.