कृषि उत्पादनमा आत्मनिर्भर बनाउन विरुवा गाउँपालिकाले चासो देखाएको छ । यहाँको ८ वटै वडामा कृषि उपजमा आत्मनिर्भर बनाउन नमुना कृषि संचालन गरिएको गाउँपालिका अध्यक्ष चुन प्रशाद शर्माले बताए । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै शर्माले भने, ‘ ३ वर्षमा कृषि क्षेत्रमा फड्को मारेका छौँ । दुध , अण्डा , मासु र तरकारीजन्य बस्तुमा आत्मनिर्भर बनाउन पालिका स्तरीय नमुना कृषि कार्यक्रम संचालन गरेका छौ ।’ दलित उत्थान कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ५६० घरधुरीलाई सामुहीक बाख्रा पालन संचालन गरिएको शर्माले बताए । यो कार्यक्रम संचालन भएसँगै दलित समुदाय पनि सामुहिक कार्यक्रममा जोडिएको दलित उत्थान कार्यक्रमका सदस्य पहलसिहं विश्वकर्माले बताए । सोही कार्यक्रममा सहभागी शोभकान्त पौडेलले माटो सुहाउँदो फलफुल खेतीलाई प्राथमिकतामा राख्न पालिकालाई सुझाव दिएका थिए । यसैगरी सडक निर्माणलाई तिव्र परीएको भएपनी बनिसकेका सडकलाई स्तरोन्नती गर्न आवश्यक रहेको सहभागीले बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देवी थापा, नेकपाका नेता दोय नारायण थापा र गोपाल प्रसाद कोईराला, नेपाली कांग्रेसका नेता श्रीराम कोईराला, प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदी र वडा नं. ६ का वडा अध्यक्ष कृष्ण क्षेत्री लगायतले पालिका रचनात्मक कार्य सहित अगाडी बढेको बताए । विरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन आँधिखोला एक्सप्रेस न्यूज प्रा.लि.का प्रतिनिधि सुशिल सुवेदीले गरेका थिए । कार्यक्रमा सेवाग्राहीहरुले पालिकाले राम्रा काम गर्दै अगाडी बढेको बताउदै रचनात्मक कार्यक्रम सहित अगाडी बढ्न सुझाव दिएका थिए । पालिकाका शाखा प्रमुखहरुले शाखाका प्रगति विवरणहरु प्रस्तुत गरेका थिए ।