वालिङ, १३ माघ
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आयोजीत महिलाराष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमासकिएको छ । दास्रो हाफको ८ औँ मिनेटमा वालिङले प्रहार गरेको १गोलको अग्रतालाई तोड्दै १२औँ मिनेटमा पुलीसले गोल प्रहार गरेपछि खेल बराबरीमा सकिएकोहो । को गोल प्रहारले अग्रता एन्फाले माघ ७ गतेबाट महिला राष्ट्रिय फुटबल लिग काठमाडौंमा सुरुगरेको थियो । उक्त प्रतियोगितामा वालिङकी अमिशा कार्की उत्कृष्ट खेलाडी घोषित भईन्।उत्कृष्ट खेलाडीलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलेपाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । वालिङनगरपालिकाले माघ १५ गते बिहीबार उदयपुरको चौदण्डगढी नगरपालिकासित प्रतिस्पर्धा गर्नेछ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगरमहानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफक्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः१५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ ।
त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर रप्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्तगर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् । फोटो ः एन्फा