उद्धमी बन्दै युवा : आकर्षण फुटसलको

सुविधा सम्पन्न कोर्ट स्थापना गर्दै वालिङ फुटसल संचालनमा आएसँगै फुटवलका पारखीले बन्द कोठा भित्र फुटवलको मनोरञ्जन लिन सक्नेछन् ।

सुशील सुवेदी
वालिङ, २३ माघ ।

स्याङ्जामा नयाँ उद्धतर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय कोरोना महामारीले रोजगारी गुमाएका युवाहरु आफनै व्यवसाय संचालन प्रति आकर्षित हुन थालेका हुन् ।

यसैको गतिलो उदहारण बनेका छन् वालिङ १० का ४ जना युवाहरु । सोमबहादुर मल्ल (बिमल), अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठले सामुहिक एक करोडको लागानीमा फुटसल स्थापना गरेका हुन् । तल्लो वालिङमा सुविधा सम्पन्न कोर्ट स्थापना गर्दै वालिङ फुटसल संचालनमा आएसँगै फुटवलका पारखीले बन्द कोठा भित्र फुटवलको मनोरञ्जन लिन सक्नेछन् ।

शुक्रवार फुटसलको उद्धघाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँणले खेलकुद श्रेत्रमा गरिएको खर्च खर्च नभई लगानी भएको बताए । उनले भने ,‘यो खर्च होईन लगानी हो । एउटा फुटसल निर्माणले हजारौँ नगरिकलाई स्वस्थ बनाउँछ । ५० शैयाको अस्पताल निर्माण गर्नुभन्दा हजारौँ मानिसलाई रोगबाट जोगाउन यो फुटसलले महत्वपूर्ण भूमिका खेल्छ । ’

एन्फाका केन्द्रीय सदस्य लाल ब. ज्वार्चनलाई सम्मान गर्दै वालिङ नपाका नगरप्रमुख दिलीप प्रताप खाँण

वालिङमा फुटसल स्थापना भएसँगै फुटबल खेलमा नयाँ युवाहरुको आकर्षण बढ्ने एन्फा का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनले बताए । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विदेश तथा स्वदेशका ठुला शहरहरुमा फुटसल नौलो व्यवसाय नभएपनि स्याङ्जामा भने नौलो हो । यस अघि जिल्लाकै पहिलो फुटसल वालिङ स्पोर्टस सेन्टरले वालिङ ८ मा स्थापना गरेको थियो । ५ वर्ष कोरीया बसेर नेपाल फर्केका गणेश सुवेदीले करिव एक करोडको लागतमा फुटसल संचालनमा ल्याएका थिए । दैनिक ८—९ खेल खेलाउन सकिने बताउँदै सुवेदी भन्छन् , ‘विदेशको कमाई भन्दा स्वदेशकै परिश्रममा आनन्द आउँदो रहेछ । ’प्रति घण्टाको एक हजारमा एक समुहले खेल खेल्नसक्ने वालिङ स्पोर्टस सेन्टरका संचालक गणेश सुवेदीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.