आत्मराम श्रेष्ठ
गोरखा , १० फागुन
गोरखाको बारपाकमा गएराती खाना खाएर सुतेका एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान अबेर सम्म घरको ढोका नखुलेपछि स्थानीयबासीले तिलबहादुर गुरुङको घर भित्र खोजी गरेका थिए । स्थानीयबासीले खोजी गर्नेक्रममा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ मृत भेटिएका हुन् ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान शुरु भएको र बाँकी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।