एक पालिका एक कोल्ड रुमको अभियानमा सरकारः मन्त्री अर्याल

नारायण चापागाई, चैत्र २७

कृषि तथ पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकार उत्पादनको आधारमा एक पालिका एक कोल्ड निर्माण गर्ने तयारीमा रहेको बताउनुभएको छ । शुक्रबार श्री नमुना साना किसान कृषि सहकारी सस्थाले गरेको अदुवा पैचो कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उत्पादनको आधारमा प्रत्यक पालिकामा कोल्ड रुम निर्माण गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । सरकारले कृषि क्षेत्रमा फड्को मार्न विभिन्न किसिमको कृषिक लक्ष्यीत कार्यक्रम ल्याएकोले सामुहिक रुपमा कृषि क्षेत्रमा लाग्न कृषकलाइ मन्त्री अर्यालले आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा बेल्दै मन्त्री अर्यालले उद्यमी गर्न चाहाने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोग देखि अन्य अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै व्यवसायिक खेति प्रणालीमा लाग्नुपर्ने उहाँको भनाइ थियो । विभिन्न स्थानहरुमा संकलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागी सरकारले समन्वय गर्ने बताउदै पायक पर्ने स्थानमा संकलन केन्द्रको स्थापना र एक पालिका एक कोल्ड रुपको स्थापनाले कृषि उपजको बजारीकरणका लागी समस्या हट्ने मन्त्री अर्यालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सुरक्षित जनता आवास कार्यक्रम अन्र्तगत खरका छाना विस्थापित कार्यक्रमले जनता खुसी भएको बताउदै आगामी आर्थिक वर्षभित्र सबै नागरिकलाइ टिनको छाना मुनी ल्याउने सरकारको लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ थियो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिनका लागी जनतालक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै मन्त्री अर्यालले नागरिकका आधारभुत आवश्यता परिपुर्तिका लागी सरकार भरपुर प्रयासरत रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.