मुख्यमन्त्री शंकर पोख्रेलले दिए पदबाट राजिनामा

मेरो दृष्टि संवाददाता
१९ बैशाख

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजिनामा दिएका छन् ।
संविधानको धारा १६९ को १ को क अनुसार मुख्यमन्त्री पदबाट पोख्रेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले आजै स्वीकृत गरेका छन् । पोख्रेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री विरूद्दको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुदै थियो ।मुख्यमन्त्री विरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची थियो ।
पोख्रेल विरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोख्रेलको सरकार ढलेको हो। अहिले एमाले लुम्बिनीको बैठक बसिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.