headline 1देशस्वास्थ्य

मन्त्री अर्यालले पठाएको स्वास्थ्य सामग्री गह्रौं प्राथमिक अस्पताललाई हस्तान्तरण

२०७८ जेष्ठ ७ गते, शुक्रबार

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पठाउनुभएको स्वास्थ्य सामग्री गह्रौं प्राथमिक अस्पताललाई हस्तान्तरण गरिएको छ । मन्त्री अर्यालले आफ्नो व्यक्तिगत खर्चमा गह्रौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको लागि पठाउनुभएको ४१ सेट पिपिई, एक कार्टुन सर्जिकल मास्क, पन्जा र ३० लिटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज समाजसेवी लक्ष्मीपति पौडेलले अस्पतालका स्वास्थ्य कर्मीलाई हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीले नपाएको गुनासो आएपछि सिधै स्वास्थ्यकर्मीलाई दिईएको बताईएको छ । कोभिडका बेला अग्र भागमा खटिएर संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न आफ्नै खर्चमा स्वास्थ्य सामग्री पठाएको मन्त्री अर्यालले बताउनुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.