सुशील सुवेदी
स्याङ्जा , १४ जेठ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण
रोकथामको लागि धेरै प्रयासहरु गरिएका छन् । संक्रमणबाट बचाउने , उपचार गर्ने र उपचारको क्रममा मृत्यु भएका मृतकको शव व्यवस्थापन गर्न विभिन्न स्थानीय तहले आ—आफनै प्रयास गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाले भने कोरोना संक्रमण भई मृत्यु भएका परिवारलाई रोजगारीको ग्यारेन्टी गर्ने भएको छ ।
गल्याङ भित्र मृत्यु भएका परिवारलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै नगरप्रमुख भुपराज अधिकारीले भने , ‘सकेसम्म संक्रमण हुन नदिन पालिकाले कुनै कसर बाँकी राख्दैनौं । तर , संक्रमण भई मृत्यु भएका परिवारलाइ रोजगार मुलक कृषि कार्यक्रम संञ्चालन गर्छाैँ ।’
बिरामी भएका विपन्न घर परीवारलाई लक्षित गर्दै पालिकाले सवारी साधन , अक्सिजन औषधि लगाएतका आवश्यक सामाग्री निशुल्क व्यवस्था गरेको छ ।
कोरोनाको कारण वैदेशिक रोजगार बाट फर्केका र कोभिडको कारण रोजगारी गुमाएका युवा लक्षित गर्दे स्वरोजगारका कार्यक्रम र अनुदान मुखि कार्यक्रम संञ्चालन गर्ने अधिकारीले बताए ।
गल्याङ भित्र १०१ जना संक्रमित र सक्रमित भई मृत्यु हुने संख्या २५ जना रहेको प्रमुख प्रकासकिय अधिकृत दामोदर शर्माले बताए ।
अहिले पालिका भित्र संक्रमणको जोखिममा रहेका गाउँ गाउँमा स्वास्थ्यकर्मी पठाउने , एन्टिजीन परीक्षण गर्ने र औषधि वितरण गर्ने अभियान संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले बताए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । https://youtu.be/EvnRq9LMG70