headline 1गण्डकीदेशस्वास्थ्य

एकैदिनमा नवलपुरका तीन संक्रमितको मृत्य

मृतक तीनै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गर्दा नतिजा पोजेटिभ आएको हो ।

खगेन्द्र पराजुली,

२२ असार, नवलपुर ।

नवलपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली, कावासोती र मध्यविन्दुका एक–एक जना गरी तीन जनाको आइतवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको सम्वन्धित पालिकालाई उधृत गर्दै स्वास्थ्य कार्यालय नवलपुरले सोमवारको विवरणमा समावेश गरि जानकारी दिएको हो ।

कार्यालयका अनुसार देवचुली नगरपालिका वडा नं. ४ का ६८ बर्षीय महिला, कावासोती नगरपालिका वडा नं. ३ का ८१ वर्षका पुरुष र मध्यविन्दु नगरपालिका वडा नं. ७ की ६४ बर्षीया महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।

मृतक तीनै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । देवचुलीकी महिलाको असार १८ गते, मध्यविन्दु नगरपालिकाकी महिलाको असार १७ गते र कावासोतीका पुरुषको असार ७ गतेको परिक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले विवरणमा उल्लेख गरेको छ ।

अहिलेसम्म नवलपुरमा ७ हजार ४ सय ४६ जनामा कोभिड पुष्टि भएकोमा १ सय २२ जनाले ज्यान गुमाएका छन् । आज थप तीन जनाको मृत्यु पुष्टि भएसँगै बैशाखयता मात्रै ९० जनाको मृत्यु भएको छ । आज नवलपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८८ पुगेकोे छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.