खगेन्द्र पराजुली
नवलपुर , २२ असार
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाको सहयोगमा सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट तथा विधुतिय मोटर वितरण गरिएको छ ।
रामग्राम नगरपालिकाका १८ वटै वडाका २६ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो ।
रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
उनले कृषि उपकरणको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ ।
वितरण गरिएको उपकरणमा १८ पिस पम्पसेट तथा ८ पिस विधुतिय मोटर छन् ।