headline 1आर्थिककृषिगण्डकी

मकैको बिउ उत्पादन गर्न प्रोत्सहान गर्दै : फेदीखोला

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन् , ‘हिजो तेस्रो दर्जाका कृषक अब छातीमा कृषकको परिचय पत्र लगाएर हिँड्ने दिन आएको छ । हामी नगद अनुदान देखि परीचय पत्र लागू गर्दै छौँ ’

सुशील सुवेदी
स्याङ्जा , भदौ ३०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले मकैको बिउमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्सहान गर्ने कार्यक्रम संचालन गरेको छ । फेदीखोला—४, आरुखर्कको जैसीडाँडा कृषक समुहलाई ३० लाख बराबरको मकै छोडाउने ,प्याकेजिङ गर्ने र ग्रेडिङ गर्ने उपकरण सहित यान्त्रिकरण सहयोग गरिको हो ।
२०६७ सालबाट शुरु गरेको मकैको बिउ उत्पादन प्रवद्र्धन गर्न आधुनीक उपकरण वितरण गरेसँगै यहाँका कृषकले क्षेत्र विस्तार गरेका छन् । स्थापनाकालमा ४० रोपनी क्षेत्रफल बाट शुरु गरीएको यो कार्यक्रममा अहिले २०० घरधुरीको ५०० रोपनी जमिनमा सामुहिक मकै खेती संचालन गरिएको समुहका अध्यक्ष संगीता हमालले बताईन् ।

गाउँपालिकाले प्रदान गरेको मकै छोडाउने मेसीन प्रयोग गर्दै आरुखर्कका कृषक

‘महिलाहरुले केही गर्न हुन्न भन्ने संस्कारलाई गतिलो उदाहरण दिएका छौँ ’हमाल भन्छिन् , ‘यो समुहमा सबै महिला मात्रै छौँ । यस वर्ष मकैको बिउको उत्पादन २० क्विन्टल हुनेछ जुन गत वर्षको तुलनामा उत्पादन दोब्बर हो । ’
कृषि उत्पादन वृद्धि गर्न र कृषकलाई प्रोत्सहान गर्न नौलो अभ्यास सुरु गरेको फेदिखोला गाउँपालिकाले यस वर्ष कृषि प्रयोगशाला समेत संचालनमा ल्याउने भएको छ । उत्पादानमा आधारित पन्ध्र प्रतिशत नगद अनुदान वितरण गर्ने अभ्यास नेपालमै पहिलो भएको बताउँदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन् , ‘हिजो तेस्रो दर्जाका कृषक अब छातीमा कृषकको परिचय पत्र लगाएर हिँड्ने दिन आएको छ । हामी नगद अनुदान देखि परीचय पत्र लागू गर्दै छौँ ’ कृषकको उत्पादन र बजारीकरणमा टेवा पुर्याउन गाउँपालिकाले २५ जातको तरकारी फलफूलमा न्युनतम समर्थन मुल्य तोकेको छ ।
स्याङ्जामा उत्पादन हुने मकै छिमेकी जिल्ला पाल्पा र काँस्कीमा खपत हुँदै आएको छ । स्याङ्जा जिल्ला मकैमा आत्मनिर्भर जिल्ला हो कृषि ज्ञान केन्द«का प्रमुख बिनोद हमाल भन्छन्, ‘३१ हजार हेक्टर श्रेत्रफलमा ६३ हजार मे.ट मकै उत्पादन हुँदै आएको छ । केही कुखुरा व्यवसायीले दाना आयात गरे पनि निर्यात हुने मकै बढी छ । ’ यद्यपि गाउँघरमा बाँझै रहेका जमिनको सदुपयोग गर्दै बाँदर आतंक बाट मकैलाई जोगाउन सके ठुलो संख्यामा मकै निर्यात गर्न सकिने कृषि विज्ञको बुझाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.