एल.आइ.सि (नेपाल ) धादिङ शाखाद्वारा मृतकको घरमै पुगेर दियो १२ लाख ३९ हजार ६ सयको चेक

जीवन बिमा बचत, आपतकालीन आर्थिक अभावको जोहो, निबृतीभरणको साधन तथा भवितव्य घटनाबाट सिर्जित आर्थिक पुरक हो । करिब तिन महिना अधि धादिङ जिल्ला ज्वालामुखी गाउपालिका वडा न. ३ निवासी निर्मला तामाङले एल.आइ.सि (नेपाल ) धादिङ शाखा बाट ६ लाख बराबरको जीवन बिमा पोलिसी लिएकी थिइन्। पहिलो किस्ता बापत जम्मा रु ४९६२० बुझाएकि निर्मला २०७८ असारको १३ गते सामान्य किनमेलको लागि धादिङबेसि बाट बजार गरेर घर फर्कने क्रममा गाडी चड्न लागेकी उनाको घर यात्रा त्यहिबाट अदृश्य लोकतिर मोडियो । बिपरित दिशाबाट आइरहेको डोजरको ब्रेक फेल भएर निर्मलालाई जीवन मरणको दोसाँधमा पुर्यायो ।
डोजरको ठक्करबाट सख्त धाइते निर्मलालाई उपचारका लागि काठमाडौ लगियो तर सोही महिना ३० गते निर्मालाले ८ बर्सिया छोरिलाई छाडेर अल्पायुमा सन्सार बाट बिदा भइन ।
सोही घटनाको मृत्यु दाबी बापत आज एल.आइ.सि (नेपाल ) धादिङ शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमान गिर बहादुर मगरलाई बिमाङ्क बापत ६ लाख, दुर्घटना बापत ६ लाख र सो अबधिको आर्जित बोनस सहित जम्मा १२ लाख ३९ हजार ६ सयको चेक हस्तान्तरण गरेको छ । एल.आइ.सि (नेपाल ) धादिङ शाखाका शाखाप्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर दोय बेधनिधि पाठक तथा राजकुमार तिमिल्सिनाको उपस्थितमा मृतकको घरमै पुगेर उक्त चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दु:खद हुने तर सत्य भएकाले यस बाट हुनसक्ने आर्थिक क्षेती न्यूनीकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिनुभयो भने एजेन्सी मेनेजर दोय बेधनिधि पाठक तथा राजकुमार तिमिल्सिनाले बिमा सबैलाई उत्तिकै महत्त्वपूर्ण रहेको र सबैले समयमै बुझेर बिमा गर्नुपर्ने धाराणा राख्दै बिमाका लागि एल.आइ.सि (नेपाल) उत्कृष्ट गन्तव्य भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.