सुशील सुवेदी
स्याङ्जा, कार्तिक १७
लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको सप्तक संगीत सांस्कृतिक केन्द्रले सप्तक संगीत दिपावली सांझ गर्ने भएको छ ।
कोभिडको कारण थलिएको संगीत र सुस्ताएको कलाकारिता लाई प्रर्वद्धन गर्न यो कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैर्हेले बताए ।
कार्तिक १९ गते आयोजना हुने कार्यक्रममा ख्याति प्राप्त आधुनिक गाएक रुपक डोटेल , कमेडी च्याम्पियन का हांस्य कलाकार मेक्सम गौँडेल र टिकटक भाइरल अस्मिता रणपालको नृत्य प्रस्तुति रहनेछ ।
संगीत , नृत्य र कमेडी विधाको मनोरञ्जन दर्शकले एकै ठाउँमा पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रवेश शुल्क वापत दुई हजार मुल्यको टिकट तोकिएको छ । उक्त टिकटमा सांझ को खाजा र खाना समावेश गरिएको सप्तक संगीत सांस्कृतिक केन्द्रका अध्यक्ष देवराज गैर्हेले बताए ।