headline 1गण्डकीदेश

अवसरबादीको गठबन्धनले जनताको विकास रोक्यो :  गुरुङ

‘ हामीले ल्याएको राम्रा कार्यक्रम गठबन्धको सरकारले किन काटेको ? के हामीले अघि सारेको कार्यक्रममा कम्ष्युनिष्टका कार्यकर्ताले मात्र उपभोग गर्ने हो र ?’

सुशील सुवेदी
स्याङ्जा , फागुन ३०

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव गुरुङ्ले गठबन्धको सरकारले जनताको विकास रोकेको आरोप लगाएका छन् । आइतबार फेदीखोलामा १५ शैयाको अस्पताल शिलन्यास गर्दै गुरुङले भने , ‘यो अवसरबादीको गठबन्धन हो । जनतालाई सुख दिनलाई होइन ,झण्डा हल्लाउन र आफ्ना मान्छेको इच्छा आपूर्ति गर्नको लागि स्थापित भएको हो । ’
विकास कुनै राजनैतिक दलको नहुने बताउँदै गुरुङले प्रश्न उठाए , ‘ हामीले ल्याएको राम्रा कार्यक्रम गठबन्धको सरकारले किन काटेको ? के हामीले अघि सारेको कार्यक्रममा कम्ष्युनिष्टका कार्यकर्ताले मात्र उपभोग गर्ने हो र ?’
गठबन्धनको प्रदेश सरकार बनेपछि स्याङ्जाको मात्र ३२ वटा योजना काटिएको गुरुङले बताए ।


कम्युनिष्ट सरकारको अभियान एक पालिका, एक आधारभूत अस्पताल अन्तर्गत देशभर अस्पतालको संरचना बनिरहेको गुरुङको भनाई थियो ।
वडा न. १ र ४ को लामिटारी, सर्केटारीमा उक्त अस्पत्ताल सम्पन्न हुँदा यहाँका जनताले घरआँगनमा स्वास्थ्यको पहुँच पाउने भएपछि फेदिखोलाबासी खुशि भएका छन् । यहाँका ७ घरधुरीका स्थानीयले निशुल्क ४ रोपनी जग्गा गाउँपालिकालाई दिएपछि पालिकाको सार्वजनिक जग्गा सहित १० रोपनीमा अस्पतालको संरचना सम्पन्न हुनेछ ।

स्वास्थ्यमा सानो समस्या आएपनि पोखरा दौडिहाल्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । पालिकाले जनतामुखी सेवामा ध्यान दिएको अध्यक्ष सुवेदीको भनाई छ । अध्यक्ष सुबेदीले भने ,‘मासिक रुपमा घरघरमा गएर जेष्ठनागरिकहरुको स्वास्थ्य स्याहार एवं वृहत नागरिक स्वास्थ्य शिविर संचालन गर्दै आइरहेका छौँ । अब २ वर्ष भित्र पालिकामा नै परीक्षण एवं सफल उपचार गर्न सकिनेछ ।

प्रदेश र स्थानीय सरकारको १२ करोड ९२ लाखमा निर्माण हुने अस्पताल श्री रसुवा कन्सट्रक्सन कम्पनीले निर्माण गर्नेछ । २०७८ फागुन १ गते सम्झौता भई २ वर्षभित्र सक्ने निर्माण व्यवसायीको भनाई छ ।
आइतबार नै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेदीखोला गाउँपालिका वडा न. २ स्थित, बहूउद्देश्यिय सभाहल र फेदीखोला र स्थानचौर जोड्ने मोटरेबल पुलको समेत उद्घाटन गरेका थिए । उक्त सभाहल र मोटरेबल पुल उद्घाटन गरेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.