आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय निकाएको निर्वाचनमा आफ्नो पोल्टोमा नतिजा पार्न वडा नं २ का एमाले निकटका उम्मेदवारहरु घर दैलोमा व्यस्त रहेका छन् । वडा नं २ का अध्यक्ष पदका उमेदवार स्थानेश्वर रेग्मी, त्यस्तै महिला सदस्य मैना कोइराला, दलित महिला सदस्य सुनिता नेपाली, खुला पदका उमेद्धवार टिकाराम नेपाली र तोयनारायण काफ्ले चुनावी मैदानमा उत्रदै घर दैलोमा व्यस्त रहन थालेका हुन । उनिहरुले आफ्ना पार्टीका घोषण पत्र र वडा नं २ को ५ बर्षे प्रतिवद्धता पत्र सहित घर घरमा पुग्न थालेका हुन । वडा नं २ का एमाले निकट वडा अध्यक्षका उम्मेदवार स्थानेश्वर रेग्मीका अनुसार पहिलो चरणको घर दैलो कार्यक्रम एक चरण सकिएको छ । उहाँको अनुसार आफ्नो प्रतिवद्धता पत्र त्यहाँका स्थानियले प्रतिद्धन्दि पार्टीको भन्दा राम्रो मानेको र वडा नं २ बासीको हक हितको निम्ति तयार भएको भन्दै आम मतदाता आफु संग खुसी भएको समेत रेग्मीको भनाइ छ । प्रारम्भिक घर दैलो कार्यक्रम गर्दा विगतको तुलनामा आफ्ना मतदाता संख्या बृद्धी भएको र जनमुखी प्रतिबद्धता पत्र बनाएकै कारण आम मतदाता एमाले पार्टीमा मतदान अतुर भएको रेग्मीको भनाइ छ । रेग्मीका अनुसार वडा नं २ भित्र २५ बर्ष वडा कमिटि चलाएका घनश्याम काफ्ले लगाएत अन्य पार्टीका शुभचिन्तक हरुले निर्विरोध उ उम्मेदवार उठाउनु पनि जितको अर्को संकेत रहेको छ । रेग्मी संग लामो समय सम्म पार्टीमा काम गरेकोले स्थानीय सामु लोकप्रिय नेता समेत हुन । उनी वडा नं २ का पुरानो व्यपारी समेत हुन ।