गल्याङ । स्याङ्जाको गल्याङमा सुरक्षितआप्रवासन (सामी) परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्नभएको छ । सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमाकामगरिरहेको सामी परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्यतथाशाखाप्रमुखहरुकालागिअभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममागल्याङ नगरपालिकाप्रमुख गुरु प्रसाद भट्टराईले बाध्यताबनेको बैदेशिक रोजगारीलाई सुरक्षितबनाउनुपर्ने बताउनुभयो ।
उहाँले बेरोजगारीको चरम समस्या रहेको देशको अवस्थाकाकारण बैदेशिक रोजगारी विकल्पबनेको बताउनुभयो ।
नगरप्रमुख भट्टराईले भन्नुभयो –‘अहिले नेपालीश्रम बजारमाबर्षेनी साढे चार लाखनयाँश्रम शक्तिआउने गरेको तथ्याङ्क छ । यो मध्ये बैदेशिक रोजगारीमाजानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यानदिनुपर्नेछ ।’ उहाँले कामको जानकारी विना बैदेशिक रोजगारीमाजाँदा धेरै समस्याभोग्नुपरेको भन्दै यसकालागिगल्याङ नगरपालिका भरी नै सचेतना बढाउनुपर्नेमाजोड दिनुभयो ।
नगरप्रमुख भट्टराईले नयाँश्रम शक्तिलाई अवसरको रुपमा राज्यले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममानगर उपप्रमुख हेमान्यौपानेले सुरक्षित बैदेशिक रोजगारीकालागिनगरभरी नै अभियान सञ्चालनको कार्यक्रमल्याउनुपर्ने बताउनुभयो ।
नगरपालिकामा रोजगारीको अवसरकालागिविभिन्नकार्यक्रमहरु ल्याउने तयारीमा रहेको भन्दै उहाँले बाध्यताबश बैदेशिक रोजगारीमाजानेहरुको सुरक्षाकालागिध्यानदिनुपर्ने बताउनुभयो ।
स्विस सरकारसँगको सहकार्यमा सञ्चालन भैरहेको सामी परियोजना स्याङ्जा सहित ३९ जिल्लामालागू भएको परियोजनाका क्षेत्रीय संयोजकभागिरामथारुले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिले नेपालबाट कानुनी बाटो प्रयोग गरेकामात्रै ५६ लाखभन्दा बढि बैदेशिक रोजगारीमा रहेका छन् । स्याङ्जाबाट यस वर्ष छ हजार चार सय ५९ जना बैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ ।
कार्यक्रम संयोजकएक ना्रायण सापकोटाले गल्याङ नगरपालिका सहितजिल्लामा सुरक्षित बैदेशिक रोजगारीकालागि संस्थाले कामगरिरहेको बताउनुभयो ।