कालीगण्डकीका ९ खेलाडी सम्मानित

माधब गैह्रै स्याङ्जा , ०१ साउन

कालीगण्डकी गाउँपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरमा छनौट भएका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७८ अन्तर्गत अन्डर—१९ , पुरुष तथा महिला भलिबल खेलाडीलाई पालिकाले एक कार्यक्रमको विच सम्मान गरेको हो ।
कालीगण्डकी गाउँपालिकाबाट राष्ट्रिय खेलाडीको रुपमा ४ जना अविजित नेपाली , सोइङ थापा , सुजता राना र पुर्णिमा सोमई छनौट भएका हुन् ।
यस्तै , पाँच जना प्रदेश खेलाडी विकाश लामिछाने , श्रीष्मा सोमई , बन्दना लामिछाने , यमुना दर्लामी र बर्षा आले छनौट भएका छन् । राष्ट्रिय खेलाडीलाइ जनही सात हजार र प्रदेश स्तरका खेलाडीलाई जनही पाँच हजार नगद सहित सम्मान गरिएको शिक्षा शाखा संयोजक भिम प्रसाद श्रेष्ठले बताए ।खेलाडीलाई सम्मान गर्ने संस्कार कालीगण्डकीले सुरुवात गरेको बताउँदै खेलकुद क्षेत्र व्यवसायिक बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । नीति तथा कार्यक्रममा नै खेलकुद क्षेत्रलाई विकास गर्न चासो दिएको बताउँदै थापाले भने , ‘भलिवल मात्र नभई अन्य खेलाडीको पनि प्रतिभा उजागर गर्न पालिकाले विशेष कार्यक्रम ल्याउनेछ । कालीगण्डकीमा मार्सल आर्टका खेलाडीहरु लुकेका छन् । उनीहरुको पहिचान गर्छाैँ ।’
बधाई तथा सम्मान कार्यक्रममा उपाध्यक्ष साबित्रा कोइराला , निमित्त प्रमुख प्रसासकिय अधिकृत हिरामणी पाण्डे , वडा अध्यक्ष कृष्ण लामिछाने , प्रशिक्षक नविन थापा , खेलाडी अविजीत नेपाली , शिक्षक पशुपती पाण्डे लगाएतले धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.