headline 1देश

सर्टिफिकेट उत्पादन गर्ने कारखाना बन्यो देशको शिक्षालय : पूर्व मन्त्री अर्याल

अहिले स्याङ्जाको अधिकाशं विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ , बाली विज्ञान , कम्प्युटर र इलेक्ट्रिकल पढाइ हुँदै आएको भएपनि फार्मेसी भने पहिलो पटक संचालनमा ल्याइएको हो ।

सुशील सुवेदी
स्याङ्जा , भदौ २४
पूर्व मन्त्री पद्मा कुमारी अर्यालले देशभरको शिक्षालय सर्टिफिकेट उत्पादन गर्ने कारखाना भएको बताएकी छन् । आज दम्भ देखाउन प्रयोग भएको सर्टिफिकेटले उत्पादनसँग नजोडिने बताउँदै अर्यालले अबको शिक्षा जिवन उपयोगी शिक्षा हुनुपर्नेमा जोड दिइन् ।
बिहीबार वालिङ ९ अर्चलेडाँडामा वालिङ स्कोलार्स फाउन्डेसनको उद्घाटन गर्दै मन्त्री अर्यालले भनिन् , ‘सर्टिफिकेट देखाउनको लागी होइन रोजगारी सँग जोडिनको लागि हो , त्यसैले आजको आवश्यकता प्रविधिक शिक्षा हो ।’
सोही कार्यक्रममा गण्डकी प्रदेश सासंद मोहन प्रसाद रेग्मीले शिक्षा , स्वास्थ्य जस्तो क्षेत्रको बजेट गठबन्धनको प्रदेश सरकारले कटौती गरेको बताए ।
स्याङ्जालाई शिक्षित जिल्लाको रुपमा चिनिन्छ । तर , प्राविधिक तथा गुणस्तरीय शिक्षा अध्यायनको लागि विद्यार्थीहरु पोखरा काठमाडौ जानपर्ने अवस्था विद्यमान छ । एसईई सकेपछि विद्यार्थीहरु भविष्य खोज्न शहर केन्द्रित हुँदा कुलतमा फस्ने अर्को जटिल समस्या छ । यही बाध्यता र समस्या अन्त्य गर्न वालिङ स्कोलार्स फाउन्डेसनले डिप्लोमा इन फार्मेसी , सिभिल इन्जिनियरिङ तर्फको हाड्रो पावर विषय अध्यापन गराउने भएको हो ।
नाफा रहित गुणस्तरीय शिक्षा प्रदान उक्त प्रतिष्ठानको स्थापना गरिएको हो । सिटीइभिटी अन्तर्गत संचालन गरिएको यस शिक्षालयमा प्रत्येक वर्ष फार्मेसी तर्फ ४० र हाइड्रो तर्फ ४८ जनाले अध्यायन गर्न सक्नेछन् । उक्त शिक्षा अध्यायन गर्न नेपाल सरकारले तोकेबमोजिमको शुल्क लाग्ने विद्यालयका प्राचार्य प्रदीप बगालेले बताए ।
कार्यक्रममा विद्यालयका निर्देशक कृष्ण डुम्रेले जिवन उपयोगी शिक्षा अन्तर्गत फार्मेसी विषय पहिलोपटक स्याङ्जामा आएको बताए ।


किशोरावस्थामा घर छाडेर शहरमा पढ्न जाने अधिकाशं विद्यार्थीहरु कुलतमा फस्ने कारण अभिभावकहरु पनि आफ्नै काखमा छोरा छोरी पढाउन पाउने भएपछि हर्षित छन् । ‘अहिलेका छोराछोरी कतिखेर केमा फस्छन् थहा नै हुँदैन , आफ्नै घरमा खाना खाएर घर आँगनकै विद्यालय पढाउन पाउँदा हामी ढुक्क छौँ ।’ अभिभावक केदार गैह्रेले बताए ।
भर्खरै एसईई दिएका सुदर्शन डुम्रे आफ्नै गाउँमा फार्मेसी पढ्न पाएपछि निकै खुसी छन् । डुम्रे भन्छन् , ‘बुवा आमाको काखम बसेर आँफैले रोजेको विषय पढ्न पाउने भएपछि खुसी लागेको छ ।’
अहिले स्याङ्जामाको अधिकाशं विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ , बाली विज्ञान , कम्प्युटर र इलेक्ट्रिकल पढाइ हुँदै आएको भएपनि फार्मेसी भने पहिलो पटक संचालनमा ल्याइएको हो ।
जिल्लाको ६ विद्यालयले विद्यालय स्तरबाट नै प्राविधिक शिक्षा संचालन गरेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख गुरु प्रसाद पौडेलले बताए ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.