headline 1गण्डकीस्वास्थ्य

शिशिरको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

सुदिप सुवेदी
स्याङ्जा , भदौ २०

ब्लड क्यान्सरबाट जुधिरहेका वालिङ १० का १८ वर्षीय शिशिर पंगेनीको उपचारार्थ संकलित आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।
वालिङ् नगरका स्थानीय समाजसेवीहरुले शिशिर पंगेनी बचाऔ अभियान संचालन गरी आर्थिक संकलन गरेका थिए । पगेंनीको उपचारका लागि आठ लाख चौहत्तर हजार आठ सय छपन्न रुपैया आइतबार आधिखोला टेक्निकल कलेजको प्राङ्गणमा वालिङ नगरपालिकाका नगरप्रमुुख कृष्ण खाँणले शिशिरका आफन्तलाई हस्तान्तरण गरेका थिए ।
शिशिर पंगेनि बचाऔ अभियानका संयोजक तेजन राना र दिपक सुबेदीको नेतृत्वमा विभिन्न संघ सस्था, विद्यालय, नगरका कर्मचारि,आमा समुह, स्थानीय बुद्धिजीवि लगायत सांगीतिक कार्यक्रमको संयोजन मार्फत सो रकम उठेको दिपक सुवेदीले जानकारी दिए । यस अभियानमा साथ दिई सहयोग पुर्याउने शिक्षक अमृत डुम्रे, तेजन राना, दिपक लम्साल, टिकराज गुरुंङ लगायतले पंगेनीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
सहयोग रकमको चेक ग्रहण गर्नु भएकी शिशिरको अभिभावक एंव वडा सदस्य गंगा पंगेनिले यस खालको सहयोग र साथबाट उपचार प्रकृयामा थप हौसला पुगेको बताईन् । नगर प्रमुख कृष्ण खांणले यस अभियानले धार्मिक र पवित्र कार्यको चिनारी दिएको बताए । कार्यक्रमको संचालन यमकान्त खनाले गर्नु भएको थियो भने अध्यक्षता संयोजक तेजन रानाले गरेका थिए । हाल पंगेनिको उपचार सिभिल अस्पताल बानेश्वरमा हुदै छ भने,यसको कुल अनुमानित खर्च ५० लाख देखिन्छ जसका लागि ४० लाख जति आर्थिक सहयोग जुटिसकेको पारिवारिक स्रोतले जनाएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.