धार्मिक तथा ग्रामिण पर्यटकिय क्षेत्रको प्रवर्दन गर्न एकिकृत विकासको नमुना बनाएर जाने :पद्मा कुमारी अर्याल

सुदिप सुवेदी
स्याङ्जा ,कार्तिक ४
ग्रामिण पर्यटकिय स्थलको विकास र प्रवर्दन गर्ने उदेश्यले वालिङ-१२, को कोखेमा तेस्रो कोखे महोत्सवको आयोजना गरिएको छ । कार्तिक ४ देखि ९ सम्म संचालनमा आउने सो उत्सवको शुक्रबार भव्य समुद्घाटन गरिएको छ । उक्त कार्यक्रमको समुद्घाटन पूर्व मन्त्रि एंव नेकपा एमालेकि पार्टी सचिव पद्मा कुमारी अर्यालले गर्नुभएको हो ।
महोत्सवको उद्घघाटन गर्नुहुदै अर्यालले, गार्मिण पर्यटकिय क्षेत्र कोखेको महत्व निकै भएकाले यस क्षेत्रलाई स्वरेकको प्यारागल्ईडिंग सँगै जोड्दै लानुपर्नेमा जोड दिनुभएको छ।नगर,प्रदेश र संघ सँगै सहकार्य गरि सिद्दार्थ राजमार्ग देखि यस क्षेत्र सम्म प्रथम चरणमा सडक संजालको स्तर उन्नति गर्ने र दोस्रो चरणमा कालोपत्रे गर्ने चाहाना व्यक्त गर्नुभएको छ।कार्यक्रमना बोल्नुहुदै उँहाले धार्मिक क्षेत्र अकला , पर्यटकिय गन्तव्य कोखे लगायतका क्षेत्रमा छिट्टै एकिकृत विकासको नमुना अनुसार गुणस्तरिय सडक संजालको थालनि हुने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै गण्डकि प्रदेश का पूर्व सासंद मोहन रेग्मिले गाँउ र शहरको दुरीलाई कम गर्ने योजनामा आँफू सधै सकरात्मक भई लागि परेको बताउनुभएको छ ।
यस्ता मेला महोत्सवले स्थानीय अर्गानिक कृषि उत्पादनको बढावा गर्दै प्रांगांरिक उत्पादनलाई आगन्तुकको स्वाद फैलाउन सफल हुनेमा आयोजक टिम विश्वस्त रहेको छ । उक्त महोत्सवमा भलिबल प्रतियोगिता, गुरुङ नृत्य र संस्कृती, स्थानीय भेषभुषा , कृषि प्रदर्शन स्थानिय लोक संस्कृती लगायत विभिन्न कार्यक्रमहरु रहने छन्।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.