स्याङजाको वालिङमा आज बाट गोल्ड कप सुरु ः उत्घाटन खेलमा आयोजक वालिङ रातोलाई सफलता

नारायण चापागाँई ,स्याङजा,पुस ३०

स्याङजाको वालिङमा आज बाट गोल्ड कप सुरु भएको छ । वालिङ युनाईटेड क्लबले आयोजना गरेको गोल्डकपको पहिलो उत्घाटन खेल वालिङ स्थित मालेबगरमा वालिङ नगरपालिकाका उपमेयर कवीता तिवारी गैह्रैले उत्घाटन गर्नु भएको थियो । उत्घाटन समारोहमा बोल्दै तिवारीले खेल व्यतिmगत मात्र नभई राष्ट्रको पनि चिनारी रहेकोले खेलाडी हरुका लागी राज्यले उचित सम्मान व्यतm गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै तिवारीले भरखर सम्पन्न विश्वकपमा जसरी मेसी, एम्बाप्पेले खेल मार्फत आफुलाई विश्व भर चिनाउने अवसार पाए त्यस्तै वालिङमा भएको गोल्ड कपको आयोजनाले स्थानिय खेलाडीले पनि आफुलाई राष्ट्रभर चिनाउने अवशर रहेकोले अनुसासीत रुपमा खेल खेल्न खेलाडीलाई आग्रह समेत गर्नु भएको थियो ।
उपमेयर तिवारीले रोफ्रीलाई फुटबल हातमा हस्ताननरण गरेर खेल उत्घाटन गर्नु भएको थियो । आज भएको पहिलो वालिङ रातो र लिस्नो कल्ब रुपन्देही बिच भएको खेलमा वालिङ रातोले लिस्नो क्लब रुपन्देहीलाई १ का विरुद्ध ० गोलले पराजित पारेको थियो । खेलको ५० औ मिनेटमा वालिङ रातोका सकुल गुरुङको गोल नै निर्णयक गोल बनेपछि वालिङ रातो सेमी फाईनलमा प्रवेश गरेको हो । प्रथम पुरस्कार ५००००० पाँच लाख रुपयाँ रहेको यो खेल स्याङजाको इतिहासको लागि अहिले सम्मकै उच्च पुरस्कार रहेको खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.