headline 1गण्डकी

ट्याक्टर दुर्घटनामा २ को मृत्यु

सुशील सुवेदी
स्याङ्जा , फागुन ८
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । चापाकोट बाट मिर्दी तर्फ आउँदै गरेको ग १ त ६८८६ नं को ट्याक्टर गएराती वालिङ—६, आम्डालीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका चालक चापाकोट—६, धुर्कोटका नविन सु्नारको गह्रौ ध्याङलिङ अस्पताल वालिङमा उपचारको क्रममा ज्यान गएको छ ।
यस्तै वालिङ—८ , का १२ वर्षीय सविन सुनारको गण्डकी अस्पताल पोखरामा मृत्यु भएको छ । सख्त घाईते सुनारलाई गह्रौ ध्याङलिङ अस्पताल वालिङमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाइएको थियो ।
पछिल्लो ६ महिना यता जिल्लामा एक दर्जन भन्दा बढी सवारी साधन दुर्घटना भएको ट्राफिक कार्यालय वालिङका प्रमुख रेशम थापाले बताए । ती दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । मानवीय लापरवाहीको कारण यस्ता दुर्घटना बढीहुने गरेको थापाको भनाई छ । आर्थिक अभावको कारण उमेर नै नपुगेका बालबालीका यो पेशामा लाग्दा सवारी दुर्घटनाको जोखिम अझै बढेको छ ।

सस्तो कामदारको रुपमा पाएपछि निर्माण व्यवसायीले पनि उनीहरुलाई नै राज्ने गर्दछन् । बाल अधीकारको कुरा नारामा मात्र सिमीत हुने तर नियमित अनुगमन नहुँदा ट्याक्टर , होटेल , दैनिक ज्याला मजदुरीमा बालबालीकाको प्रयोग बढेको छ ।
स्याङ्जाका अधिकाशं ट्याक्टरमा उमेरनै नपुगेका बालबालीका प्रयोग हुने गरेका छन् । तर, सरकोकारबाला निकाय मौन हुँदा गएराती १२ वर्षीय सविन सुनारले ज्यान गुमाए । ढुङ्गा गिटी लोड अनालोड गर्न ट्याक्टरमा सहचालक बनेका अधिकाशं बालबालीका लागू औषधको कुलतमा समेत फसेका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.