केशव भण्डारी
रुपन्देही, चैत १६
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ४ वर्ष सत्ताबाहिर नै रहेर सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनुभएको छ । अबको नयाँ नेपाललाई समृद्धयुक्त बनाउने जिम्मेबारी नेकपा एमालेकै काँधमा रहेकाले आगमी निर्वाचनमा ५१ प्रतिशत सिट जितेर एमालेको बहुमतयुक्त एकल सरकार निर्माण गर्ने दाबि समेत गर्नुभयो । नेकपा एमालेले चलाएको ग्रासरुट अभियानकाक्रममा बुटवल पुग्नुभएका अध्यक्ष ओलीले रुपन्देहीका अगुवा कार्यक्रतालाई सम्बोधन गर्दै एमालेलाई केही प्राविधिक त्रृटिका कारण बहुमत आउन नसकेको बताउनुभयो ।
ओलीले अहिले नेपालमा दुई खालका शक्ति, विचार र उद्देश्यका बीचमा लडाई भईरहेको उल्लेख गर्दै एकातर्फ दश दल र अर्कोतर्फ एमाले एक्लो शक्ति भएको दावी गर्नुभयो । ओलीले नेपालमा बाहिरी शक्तिको चलखेलका कारण सरकारको स्थीरता र स्थायीत्व हुन नसकेको बताउनुभयो ।