कालीगण्डकी खेलकुद महोत्सबको तयारी पूरा ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उद्धघाटन गर्ने
मङ्सिर २८
माधब गैह्रै, स्याङजा
स्याङजाको कालीगण्डकी गाँउपालिकाले यही मंसीर २९ गते देखि पाँचौ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सवको सबै तयारी पूरा गरेको छ ।
अधिकाशं स्थानीय तहले कृषि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेपनी कालीगण्डकीले खेलकुदको बिकास पनि सँगैसँगै लैजान बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको हो ।
कालीगण्डकी गाँउपालीका वडा नं ७ मिर्मी स्थित खेलमैदानमा संचालन हुने खेलकुद महोत्सवमा सात वटा विधामा एक्काईस खेल खेलाईने कालीगण्डकी गाँउपालीकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
यस वर्षको खेलकुद महोत्सवमा बुद्धिचालको विधा थप गरिएको थापाको भनाई छ । विगतको अध्यक्ष कपमा बुद्धीचाल खेलको माग आएपछि खेलाडीको आवश्यकतालाई मध्यनजर गर्दे यस पटक बुद्धीचाल खेल थप गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यस खेलको उद्धघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार यस खेलको उद्धघाटन गर्नुहुनेछ ।
महिला तथा पु?ष तर्फ भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पु?ष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाईने समाबेश हुनेछ ।
कालीगण्डकी गाँउपालिकाले गरेको अध्यक्ष कप खेलकुद महोत्सव बाट विभिन्न खेल प्रेमी खेलाडीह?ले लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न मौका पाएकोले खेल क्षेत्रलाई अझै व्यापक बनाउदै लजाने अध्यक्ष थापाको भनाई छ ।
‘विभिन्न समयमा गरिएको खेलकुद महोत्सब बाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएका छौँ,’ थापा भन्नुहुन्छ , ‘पूर्वाधार विकास मात्र जनताको विकास होइन त्यसैले खेलकुद क्षेत्रमा पनी पालिकाले राम्रो बजेट खर्च गरेको छ । ’
खेल खेलका लागी मात्र नभई मनोरन्जन, स्वास्थ्य र समृद्धिका लागी पनी खेलीने भएको हुँदा यसको निरन्तरता आवश्यकता देखिएको अध्यक्ष थापाको भनाई छ ।
मंसीर २९ गते देखी सु? हुने खेल पौष १ गतेसम्म सञ्चालन हुने छ । ६५१ जना सहभागी हुने खेलमा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदक रहने र पुरस्कार रासी चार लाख असी हजार रहनेछ ।