सुशील सुवेदी
स्याङ्जा , माघ २
मंगलबार वालिङ—९ ,भुम्रेलाई केन्द्रबिन्दु बनाएर भुकम्प गयो । भुकम्पकै कारण विद्युत सर्ट भएपछि आगलागी पनि भयो । आगलागीमा एक घर जलेर पर्ण रुपमा नष्ट भयो ।
यो वास्तविक घटना नभई नाटकीय दृश्य थियो । गण्डकी प्रदेश सरकारको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तीनाथ बाहिनीको समन्वयमा विपद उद्धार नमुना अभ्यास प्रदर्शनमा यस्तै दृश्यहरु देखिन्थ्यो ।
वि.सं १९९० सालको विनाशकारी भुकम्पको स्मरणमा गण्डकी प्रदेशले विपद उद्धार अभ्यास गरेर २६ औँ राष्ट्रिय भुकम्प दिवस मनाएको छ । वालिङ ९ भुम्रे स्थित आँधीखोलाको तिरमा भुकम्प ,आगलागी , पहिरो र बाढीमा उद्धार कसरी गर्ने भन्ने नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।
नमुना अभ्यासमा भाग लिन वालिङका झण्डै ५० जनालाई एक महिनादेखि प्रशिक्षण गराइएको थियो । स्थानीय स्तरमा नै तालिम प्रदान गरिएसँगै कुनै पनि वेला आउन सक्ने विपद जोखिम निराकरण गर्न स्थानीयहरु नै उद्धारमा खटिन सक्षम हुने गण्डकी प्रदेशका मुख्यमन्त्रीको सुरेन्द्रराज पाण्डेको भनाई छ ।
गण्डकी प्रदेशमा तत्तकाल विपद उद्धार गर्न आर्थिक , प्राविधिक र उपकरणको अभाव नभएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाई छ ।
स्याङ्जाको भूभाग अत्याधिक पहाडी क्षेत्रभएको कारण वर्षेनी दर्जनौ घरहरु पहिरो बाढी र आगजनीले ज्यान धनको क्षति पुग्ने गरेको छ । झण्डै एक महिनाको लामो प्रशिक्षण लिएर सहभागीले देखाएको नमुना अभ्यास विपदको बेला उद्धारमा पनी प्रयोग हुने र क्षति न्युनिकरणमा सहज हुने जिल्लावासीको. विश्वास रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय , जिल्लाका जनप्रतिनिधी , सुरक्षाकर्मी , संचारकर्मी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
📸 Look at this post on Facebook https://fb.watch/pCQJdgFk78/?mibextid=cr9u03