गोविन्द खनाल
मेरो दृष्टि संवाद्दाता , चैत्र ३०
स्याङजाको फेदीखोला गाँउपालिकाले आर्थिक बर्ष बर्ष ८०—०८१ अन्तर्गत तेस्रो चरणको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । फेदीखोला गाँउपालिको आयोजना र गह्रौ कालिका मिडिया हाउसको सहजीकरण मा आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम फेदिखोला गाँउपालिकाको वडा नं ३ स्थित वडा कार्यालयको भवनमा सम्पन्न भएको हो । फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सुुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम गाँउपालिकाका वडा नं ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाटको स्वागत मन्तव्य संगै सुरु भएको थियो । गाँउपालिकाका प्रशासकिय अधिकृतले पालिकाको प्रगती विवरण समापन गरे पस्चात फ्लोर ओपन भएको कार्यक्रममा १० जना सहभागीले पालिकाका अध्यक्ष लगाएत विषय गत शाखाका प्रमुखलाई प्रश्न गरेका थिय ।
सहभागिबाट उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष धनश्याम सुवेदीले गाउँपालिकाले स्वास्थ्य , कृषि, शिक्षा ,पर्यटन र खेलकुदका बिषयलाई प्राथमिकतामा राखेर काम हरु भईरहेको बताउनुभयो । ५ वटा वडा रहेको फेदीखोला गाँउपालिकाले २ वटा सार्वजनिक सुनुवाई सम्पन्न गरी सकेको छ । फेदीखोला गाँउपालिकाको वडा नं १ स्थित बौद्ध शान्ति स्तुपाको हलमा पहिलो चरणको सार्वजनिक सुनुवाई सम्पन्न गरेको फेदीखोला गाँउपालिकाले दोस्रो चरणको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं ५ स्थित बौद्ध समाज घरमा सम्पन्न गरेको थियो । पाँच वटै वडामा सार्वजनिक सुनुवाई गर्ने लक्ष्य राखेको फेदीखोला गाँउपालिकाले तेस्रो चरण अन्तर्गत वडा नं ३ को वडा भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । बाँकी रहेको २ वटा वडां २ र ४ को सार्वजनिक सुनुवाई कार्यक्रम असार मासन्तर भित्र सक्ने लक्ष्य रहेको गाँउपालिकाले बताएको छ ।