headline 1गण्डकीजीवनशैली

अपाङ्गगता भएकालाई वालिङको राहत : हेरचहा गर्नेलाई ५०० भत्ता

अपाङ्गगता भएकालाई वालिङको राहत : हेरचहा गर्नेलाई ५०० भत्ता
मेरो दृष्टि संवाद्दाता
वालिङ १८ मंसिर
३३ औँ अन्तराष्ट्रिय अपाङ्गगता दिवसको अवसर पारेर वालिङ नगरपालिकाले फरक क्षमता भएका नगरवासीलाई सहायता सामाग्री वितरण गरेको छ । दृष्टि विहीनलाई सेतो छडी र चश्मा वितरण गरिएको छ भने शरीरिक अपाङ्गग भएकालाई व्हीलचेयर र वैशाखी प्रदान गरिएको हो ।
नगरपालिकाले यहाँ भित्र बसोबास गर्ने फरक क्षमता भएकालाई हेरविचार गर्ने अभिभावक वा परिवारका सदस्यलाई मासिक पाँच सय दिँदै आएको नगरउपप्रमुख कविता गैह्रेले बताईन् ।
यस्तै ‘ग’ र ‘घ’ वर्गका फरक क्षमता भएका व्यक्तीहरु राज्यका धेरै कार्यक्रमबाट पछि परेको भन्दै उनीहरुको स्वास्थ्य बिमा वालिङ नगरपालिकाले गरीदिने भएको छ ।
रातो कार्ड पाएका सेवाग्राही लाई संघीय सरकारले र नीलो कार्ड पाएका सेवाग्राहीलाई प्रदेश सरकार मार्फत स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।

३३ औँ अन्तराष्ट्रिय अपाङ्गगता दिवसको अवसरमा वालिङ नगरपालिकामा फरक क्षमता भएका नगरवासीलाई सहायता सामाग्री वितरण कार्यक्रम । फोटो सुशील सुवेदी

वालिङ नगर भित्र नयाँ बन्ने भवनहरु अपाङ्गगमैत्री बनाउँदै गएको बताउँदै नगरभित्र सहज पहुँच पुर्याउन नगरले लिफ्ट राख्ने तयारी गरेको उपप्रमुख गैह्रेको भनाई छ ।
फरक क्षमता भएकालाई लक्षित गर्दै स्वास्थ्य शिविर , सिपमुलक तालिम प्रदान गर्नुपर्ने अपाङ्ग संजाल वालिङका अध्यक्ष डेल बहादुर विकले बताए । वालिङ नगरले बेलाबेलामा आँफूहरुलाई लक्षित गर्दै कार्यक्रम गरेको भएपनी जिवीकोपार्जन सँग जोडिने कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।
यस्तै , नगरभित्र अपाङ्ग मैत्री संरचना र कार्यक्रम प्राथमिकतामा राखिने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए । श्रवण शक्ति विहीन भएकालाई लक्षित गर्दै नगरभित्रका फरक क्षमता भएकालाई तालिम प्रदान गरेर दोभासे राख्ने नगरको सोँच रहेको सुवेदीको भनाई छ ।
वालिङ नगरले हेरचहा गर्ने परिवारका सदस्यलाई मासिक पाँच सय रुपैँया प्रदान नर्गे , लिफ्ट सहित नगरको संरचना निर्माण गर्ने , ग र घ वर्गमा परेका अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य विमा स्थानीय सरकारले गर्ने जस्ता कार्यक्रमले फरक क्षमता भएका व्यक्ति खुशी भएका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.